समाचार

प्रचण्डले भने–एमाले करिब करिब प्रतिपक्षमा गयो, अब नयाँ सरकार बन्छ

१३ फाल्गुन २०७९, शनिबार १२:१३
प्रचण्डले भने–एमाले करिब करिब प्रतिपक्षमा गयो, अब नयाँ सरकार बन्छ

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति अझै के हुने हो भन्ने चिन्ता कायमै रहेको बताए। राजनीतिमा फेरि पनि उतारचढाव आउने प्रचण्डको भनाइ छ।

महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका हुन् ।

 प्रचण्डले राजनीति अझै के हुने भन्ने चिन्ता कायमै रहेको टिप्पणी गर्दै भने,’ देशमा अहिले अप्ठेरो स्थिति छ भन्ने सबैले बुझेका छौं। राजनीति के हुने हो भन्ने चिन्ताबाट हामी मुक्त हुन सकेका छैनौं।’

फागुन ७ गते संविधान बिरोधी नारा लागेको प्रचण्डको भनाइ छ। ‘संविधानले नचिनेका नाराहरु लागे अस्ति फागुन ७ गते। संविधानमा राजा महाराजको व्यवस्था छैन। तर कहि न कहि कुनै न कुनै कोणबाट अपमान गर्ने,’ उनले बताए ।

‘८ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जानु सक्नुहुन्छ । करिब करिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’, उनले भने, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ ।  सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर फेरि पनि एमालेको सभामुखबाट फुत्किएर जाने अवस्थामा छैन ।’

प्रतिक्रिया दिनुहोस्