समाचार

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

१३ फाल्गुन २०७९, शनिबार ०५:३९
सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

१३ फागुन, काठमाडौँ। नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

शनिवार बिहान बसेको पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। कांग्रेसले बिहानै वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आज राष्ट्रपतिको उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका रहेको छ।

एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

कांग्रेसका पौडेललाई ८ दलको समर्थन छ। एमालेका नेम्वाङलाई कुन/कुन दलले समर्थन गर्छन् भन्ने खुलेको छैन। एमाले सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दावी गरे। इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्व सभामुख पनि हुन्।

प्रतिक्रिया दिनुहोस्