समाचार

सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

१३ फाल्गुन २०७९, शनिबार ०१:३७
सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

१३ फागुन, काठमाडौँ। राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।

यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ । त्यसका लागि एमालेको सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।

यस्तै बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  एमालेले नयाँ समीकरण बनेसँगै देश थप अन्योलतातर्फ अघि बढेको टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्