समाचार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

१२ फाल्गुन २०७९, शुक्रबार १६:१३
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

१२ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारी दिने सहमति जुटाएका हुन् ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले कांग्रेसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्