समाचार

प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापा विजयी

२० मंसिर २०७८, सोमबार ०१:२५
प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापा विजयी

२० मंसिर, विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।

कोइराला–पौडेल समूहका पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला र शेरबहादुर देउवा पक्षका थपा सभापतिमा विजयी भएका हुन् ।

सोमवार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्