समाचार

एमाले सचिवालय बैठक बस्‍दै

१२ फाल्गुन २०७९, शुक्रबार ०३:०२
एमाले सचिवालय बैठक बस्‍दै

१२ फागुन, काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दै छ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ ।

बुधबार बिहान एमाले अध्यक्ष ओली र दाहालसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्