समाचार

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

१२ फाल्गुन २०७९, शुक्रबार ०२:५३
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

१२ फागुन, काठमाडौँ। हिमालयन बैंक र सिभिल बैंकले आज फागुन १२ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको हो । दुवै एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।

हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्बन्धी गत असार २९ गते प्रारम्भिकर समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने गत पुस २८ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल १८९ वटा शाखा पुगेको छ ।

दुई बैंक सञ्चालन समितिको निर्णय अनुसार  हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने छन् ।

सिभिल बैंकको १००ः८०.२८ अर्थात १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता शेयर हुने गरी मर्जर हुन लागेको हो ।  हिमालयनले सिभिललाई प्राप्ति गरेपछि कूल चुक्ता पूँजी २४ अर्ब भन्दा बढी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्