समाचार

देउवालाई राष्ट्रपति बनाउने प्रस्तावमा विश्वप्रकाशको असहमति

१० फाल्गुन २०७९, बुधबार १५:५३
देउवालाई राष्ट्रपति बनाउने प्रस्तावमा विश्वप्रकाशको असहमति

१० फागुन, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उमेदवार बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भएपनि कार्यकारी भइसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र्तक अघि सारेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक । दलीय दृष्टिले मेरो प्रस्ताव उचित । तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त भन्ने साथीहरुको यो विश्लेषण बढी परिपक्व छ । ‘मेरो बुझाइ नै अन्तिम सत्य’ यस्तो भ्रममा म कहिल्यै रहन्न ।”

प्रतिक्रिया दिनुहोस्