समाचार

चर्चित गायक लोकेश गोराल (लाउरे)को नयाँ गजल बजारमा

१० फाल्गुन २०७९, बुधबार १५:४४
चर्चित गायक लोकेश गोराल (लाउरे)को नयाँ गजल बजारमा

काठमाडौँ। कर्णालीका चर्चित गायक तथा सर्जक लोकेश गोराल (लाउरे)को लेखनमा रहेको नयाँ गजल बजार ल्याएका छन् । कर्णालीको यथार्थ जीवनलाई उनले गजलमा उतारेका छन् ।

उनले कर्णालीका बारेमा सधौँ कलम चलाएका हुन्छन । कहिले गीतको मध्य त कहिले गजल कहिले सामाजिक संजालमा खर्रो बोलेर हुन्छन ।

अरु भन्दा फरक आस छ कर्णाली को।
एक छाक खान कठिन गाँस छ कर्णाली को।
के भनौ खै यो सरकारलाई भन्नै गारो।
रैबार बाटै खबर पाउने खास छ कर्णाली को।
अरु भन्दा फरक आस छ कर्णाली को।

एक छाक खान कठिन गाँस छ कर्णाली को।
दुर-संन्चारको माध्यम छैन के भनौ नयाँ प्रबिधि ।
भन्छन पर्यटनको ओईरो लाग्ने क्या बात छ कर्णाली को।
अरु भन्दा फरक आस छ कर्णाली को।

एक छाक खान कठिन गाँस छ कर्णाली को।
उहीँ कुरा पटक पटक दोहोरीन्छ तर सरकार मा जानलाई।
जाने थाहानै पाउदैन गरिबीले लास छ कर्णाली को
अरु भन्दा फरक आस छ कर्णाली को।

एक छाक खान कठिन गाँस छ कर्णाली को।
भन्या बालौ चुईन्या कचिलो भनी साध्य छैन।
भन्नू भन्दा नभन्नु जानी नेता सबै घाँस छ कर्णाली ।
अरु भन्दा फरक आस छ कर्णाली को।
एक छाक खान कठिन गाँस छ कर्णाली को।

प्रतिक्रिया दिनुहोस्