विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन् । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ ।
९ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्याउने बताएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँगको भेटवार्ताका क्रममा उनले प्रधानन्यायाधीश नियुक्तिको विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन् ।