खेलकुद

महावैमा राष्ट्रपति रनिङ शिल्ड: फागुन १४ गतेदेखि हुने

९ फाल्गुन २०७९, मंगलवार १३:४५
महावैमा राष्ट्रपति रनिङ शिल्ड: फागुन १४ गतेदेखि हुने

९ फागुन,कालिकोट । कालिकोटमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १४ गतेदेखि सुरु हुने भएको छ ।

महावै गाउँपालिका-६ स्थित गेला चन्दादेवी मावि कुनीको खेल मैदानमा फागुन १४ गते प्रतियाेगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन) ले बताएका छन् ।

पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता हुन पाउने छन्। स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा कराते, भलिबल, फुटबल, दौड लगायतका अन्य खेलहरु हुने जिल्ला खेलकुद् विकास समितिले जनाएको छ ।

विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वस्त रहेको गाउँपालिका अध्यक्ष भिजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्