९ फागुन,सुर्खेत । सदन र पत्रकारबीच पारस्परिक सम्वन्ध बनाएर जाने कर्णाली प्रदेशसभाकी उप-सभामुख यशोदा न्यौपानेले बताएकी छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग भेटघाटको क्रममा उनले संघीयता बलियो बनाउनका लागि सदन र पत्रकारबीच सहकार्य हुनुपर्ने बताएकी हुन् । साथै उनले आगामी पाँच वर्षमा कर्णालीको प्रदेश सभा कसरी पत्रकारमैत्री बनाउन सकिन्छ भन्ने सुझाव दिएका थिए ।
‘संसदलाई सफल बनाउन तपाईको अमूल्य योगदान रहेको छ । महिला नेतृत्वमा रहेको कर्णाली प्रदेश सभालाई सफल बनाउन तपाईहरुको सकारात्मक र रचनात्मक सहयोग हुने अपेक्षा गरेको छौँ।
त्यस्तै, हाम्रो कमि कमजोरीलाई पनि औल्याउन सुझावसमेत दिएकी छन् । अव सधौँ आलोचनामात्र नभएर तपाईहरुले पनि सकारात्मक र रचनात्मक सहयोग गर्नुहुन्छ भने अपेक्षा गरेको छौँ।