समाचार

नेपाललाई राष्ट्रपतिमा ओलीको प्रस्ताव

९ फाल्गुन २०७९, मंगलवार १३:००
नेपाललाई राष्ट्रपतिमा ओलीको प्रस्ताव

९ फागुन, काठमाडौँ । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  भेटवार्ता भएको छ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने कांग्रेस महामन्त्री गगन थापाले बताए ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको कुरा चर्चामा छ नि ? भन्ने प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने तर्क गरे । बाहिर आएका सबै कुराहरु सत्य नभएको उनको भनाइ छ ।

ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ।

चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्