९ फागुन, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
पार्टीको बैठकबाट अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने निर्णय भएको छ ।
सोहीअनुसार अध्यक्ष ठाकुर प्रधानमन्त्री दाहालसँग कुरा गर्न आज बालुवाटार पुगेको नेता केशब झाले जानकारी दिए । उनकाअनुसार बालुवाटारको बैठकमा अध्यक्ष ठाकुरसँगै शीर्ष नेताहरु राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् । लोसपाका नेताहरुले आजबाट भेटवार्ता थालेका हुन् ।
अध्यक्ष ठाकुरको साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला बालुवाटार गएका छन् ।
राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अोलीसमक्ष राख्ने लोसपाको तयारी छ ।