८ फागुन, काठमाडौँ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे छ ।
साेमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।
सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । थाइल्याण्डबाट फर्कंदै गरेको रेग्मीलाई महेशचन्द्र रेग्मीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको थियो ।