समाचार

प्रचण्डलाई एमालेले उद्दार गरेकाे हो : योगेश भट्टराई

८ फाल्गुन २०७९, सोमबार १३:५३
प्रचण्डलाई एमालेले उद्दार गरेकाे हो : योगेश भट्टराई

८ फागुन,सुर्खेत । नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई एमालले उद्दार गरेको बताएका छन् ।

उनले एमालेले राष्ट्रपति मागेको नभई प्रचण्ड आफैले प्रस्ताव गरेको बताए । एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

उनले भने, ‘प्रचण्डसँग हामीले राष्टपति मागेको होइन, उहाँ आफैंले एमालेलाई राष्टपति दिने प्रस्ताव गर्नु भएको हो, अबपछि हट्न मिल्दैन । एक फरक प्रसंगमा सचिव भटटराईले २०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भैसक्ने उनको भनाई थियो ।

अभियानको कर्णाली संयोजकसमेत भट्टराईले ग्रासरूट अभियानका सबै कार्यक्रमहरू तल्लो तहसम्म पुग्ने र यसले पार्टीको फुलवडी चेकअप गर्ने दाबी गरे ।

सचिव भट्टराइले ०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भइसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्