८ फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको नेता मातृका यादवले जानकारी दिए । उनका अनुसार बैठक आज साँझ ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।
एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ। यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।