समाचार

मन्त्रीबाट बाहिरिए तर अझै फिर्ता गरेनन् सुविधाका गाडी

७ फाल्गुन २०७९, आईतवार १४:०८
मन्त्रीबाट बाहिरिए तर अझै फिर्ता गरेनन् सुविधाका गाडी

७ फागुन काठमाडौँ । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री आए पनि पूर्वमुख्यमन्त्रीले अहिले पनि गाडीसहित अन्य सुविधा प्रयोग गरिरहेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा ल्यापटपसहितका सामान फिर्ता गरेको छैनन् । उनी अहिले पनि प्रदेश ०२–००१झ–१९३ नम्बरको महिन्द्रा स्कारपियो लिएर घुमिरहेका छन् ।

सामसुंगका ३ थान, एमसेभेन १ थान र एप्पलको मोबाइल १ थान गरी ५ थान मोबाइल पनि उनले फिर्ता गरेका छैनन् । उनले एप्पलको ल्यापटप पनि वीरगन्जस्थित आफ्नाे घर लगेका छन् ।

पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका सामान फिर्ता नगरे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीले जानकारी गराइसकेका छन् । तर, वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्वमुख्यमन्त्रीसँग कुरो गरेर समान ल्याउने बताएका थिए । त्यो आश्वासन दिएको पनि दुई साता भएको मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्