राजनीति

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पुनको ९० मतले अग्रता

१९ मंसिर २०७८, आईतवार १७:३३
कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पुनको ९० मतले अग्रता

१९ मंसिर, बुटवल ।  नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी भइरहेको छ।

कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् । सभापति शेरबहादुर देउवा निकट भरत शाहले ४३३ मत पाएका छन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मत गणना सुरु भएको थियो। निर्वाचनमा १६३१ मत खसेको थियो। अन्य पदाधिकारीमा पनि पुन प्यानलले नै अग्रता कायम गरेको छ।

यो पनि पढ्नु होला 

प्रतिक्रिया दिनुहोस्