समाचार

ईश्वर पोखरेलले पनि गरे गठबन्धन भत्किने संकेत

५ फाल्गुन २०७९, शुक्रबार १४:५९
ईश्वर पोखरेलले पनि गरे गठबन्धन भत्किने संकेत

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किन सक्ने बताएको दुई दिन नबित्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि गठबन्धन भत्किने संकेत गरेका छन्।

एमालेले संगठन सुदृढीकरणका लागि शुक्रबारदेखि देशव्यापी रुपमा शुरु गरेको मिशन ग्रासरुट अभियानको मधेश प्रदेशको राजधानी जनकपुरधाममा उद्घाटन गर्दै पोखरेलले गठबन्धन भत्किनसक्ने संकेत गरेका हुन्।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेसँग हाल रहेको गठबन्धनमा भएको सहमतिबाट एमाले अलिकति पनि टसमस नहुने स्पष्ट पारे।

‘एमालेसँगको सहमति अनुसार नै राष्ट्रपति तथा उपराष्ट्रपतिको निष्कर्ष लाग्छ, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘त्यसपछि मात्रै राष्ट्रिय सहमति, साझा नीति तथा कार्यक्रम सहितका अलग च्याप्टरहरुमा एमाले सहमति खोज्न सक्छ।’

उनले सहमति भंग गरिए एमाले अर्को चयाप्टरतर्फ समेत काम गर्न सक्ने र देशकै थप ठूलो शक्ति बन्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्