समाचार

बालकोटमा चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता

५ फाल्गुन २०७९, शुक्रबार १४:३८
बालकोटमा चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो। राजदूत सोङले नेपालको राजनीति र राष्ट्रपति निर्वाचनबारे ओलीसँग जिज्ञासा राखेको स्रोतको भनाइ छ।  राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धन संकटमा रहेको बेला राजदूत सोङ र ओलीबीच वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्