समाचार

कांग्रेस वागमती प्रदेश: सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

१९ मंसिर २०७८, आईतवार १७:२४
कांग्रेस वागमती प्रदेश: सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

 १९ मंसिर, हेटौंडा। नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए ।

दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।  यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्