समाचार

प्रधानमन्त्री र रबि लामिछानेबीच बालुवाटारमा छलफल

४ फाल्गुन २०७९, बिहीबार ०५:०४
प्रधानमन्त्री र रबि लामिछानेबीच बालुवाटारमा छलफल

४ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन्।

उनीहरुबीच समसामयिक राजनीति र राष्ट्रपति निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादीले गृहमन्त्री आफूले राख्न चाहेपछि लामिछाने र प्रचण्डबीच पछिल्लो समयमा खटपट रहेको छ।

उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेलाई सर्वोच्च अदालतले नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनको सांसद पद खारेज भएको थियो। तर उनले प्रक्रिया पुर्‍याएर पुन: नागरिकताको प्रतिलिपि लिएपछि लामिछानेले गृहमन्त्री दाबी गरेपनि प्रधामन्त्री प्रचण्डले उनलाई नियुक्त गर्न चाहेनन्। गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक-पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस्