४ फागुन, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका कांग्रेस सांसद डा. चन्द्र भण्डारी र उनकी आमाको उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेका छन् ।
उनले भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीसामू सांसद भण्डारीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेको बताएका हुन् ।
उनले सामाजिक संजालपमा स्टाटस लेख्दै भनेका छन् – ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईँ र ममतामयी आमाको स्वास्थ्यलाभको कामना गर्दछु । तपाईँको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यूलाई पनि विनम्र अनुरोध गरेको छु । सिङ्गो पार्टीसमेत तपाईँको शीघ्र स्वस्थलाभको कामना गर्दछ,’ लामिछानेले फेसबुकमा लेखेका छन् ।
उक्त घटनामा उनी ८६ वर्षीया आमा पनि गम्भीर घाइते भएकी छन् । उनीहरुको थप उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको छ । हाल उनीहरुको कीर्तिपूरस्थित बोर्न अस्पतालमा उपचार भइरहेको छ ।