राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

४ फाल्गुन २०७९, बिहीबार ०४:५०
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

४ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताद्वयबीच भेटवार्ता बाक्लिएको छ । दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्