३ फागुन, काठमाडौँ। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् ।
न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका थिए ।प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत, सरिना फुयाललाई पक्राउ गरेको छ ।
श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् । पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।