समाचार

ट्याक्सीमाण्डु आज ७ बजेसम्म नि:शुल्क चढ्न पाइने

२ फाल्गुन २०७९, मंगलवार ०६:५१
ट्याक्सीमाण्डु आज ७ बजेसम्म नि:शुल्क चढ्न पाइने

२ फागुन, काठमाडौं। सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलनका कारण सवारी आवागमन अस्तव्यस्त भएपछि राइड शेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डुले आज दिनभरका लागि आफ्नो राइड शेयरिङ सेवा नि:शुल्क प्रदान गर्ने भएकाे छ ।

यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो।

“आन्दोलन जे जस्तो भएपनि आपतकालीन अवस्थामा यात्रुलाई कुनै समस्या नहोस् भनेर हामीले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका ट्याक्सीमाण्डुकाे सेवा निःशुल्क गरेका छौं,” उनले भने, “हाम्रो बाइक र ट्याक्सी दुवै राइडमा आज यात्रुहरूले निःशुल्क यात्रा गर्न पाउनेछन् ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ।

आन्दोलन फिर्ता लिए पनि ट्याक्सीमाण्डुले निःशुल्क सेवा साँझ सात बजेसम्म दिने ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए।

यात्रुहरूले ट्याक्सीमाण्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन्। सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा फेरि सुरू गरिएको सिइओ केसीले बताए।  निःशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्