समाचार

पार्टी छाडेर जानेलाई पुनः प्रवेशमा रोक लगाउने जनमतको तयारी

२ फाल्गुन २०७९, मंगलवार ०६:१६
पार्टी छाडेर जानेलाई पुनः प्रवेशमा रोक लगाउने जनमतको तयारी

२ फागुन, काठमाडौं। पार्टी छाडेर जाने नेता कार्यकर्ताको लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कडा नियम बनाएको छ।

सो पार्टीले छाडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने र प्रवेश गरेर आएपछि पनि तत्काल जिम्मेवारी नदिने गरी नियम बनाउन लागेको छ।

काठमाडौंमा तीन दिनसम्म चलेको जनमतको केन्द्रीय कार्यकारिणी समिति विशेष बैठकले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई पुनः प्रवेश गर्न नदिने वा गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि पदमा वा निर्वाचनमा सहभागी हुन नदिने तयारी गरेको नेता बिपी साहले जानकारी  दिए।

माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा सङ्गठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, सङ्घीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको छ । घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन,  जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल भएको छ । भातृ सङ्गठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको छ ।

घर–घरमा जनमत अभियान, जनमत पार्टी प्रवेश अभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति-फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्