समाचार

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच भेट

२ फाल्गुन २०७९, मंगलवार ०५:४५
प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच भेट

२ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङको टोलीले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेको छ ।

हिजोमात्रै सो प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो । सो प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री दाहालसँग बालुवाटारमा पुगेर भेटवार्ता गरेको हो । सो क्रममा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारलाई दक्षिण कोरीयाले गर्दैआएको आर्थिक सहयोग तथा अन्य सहयोगका लागि धन्यवाद दिए । सो अवसरमा विशेष दूतले पनि नेपाल सरकारसँगको सम्बन्धबारेमा कोरियाली राष्ट्रपतिको सन्देश सुनाएको प्रम सचिवालयका सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्