१ फागुन, काठमाडौं। सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ। सरकारको यो निर्णयको आलोचना पनि भइरहेको छ।
द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन्। दुवै समूहले आजको दिनलाई कालो दिवस भन्दै जिल्ला अदालत काठमाडौं परिसर अगाडि विरोध प्रदर्शन गरेका हुन्।
यसबिच द्वन्द्व पीडित र नागरियक समाजको आयोजनामा बबरमहलमा विरोध सभा आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्याल, काठमाडौं नजिकै उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पुर्याएको भन्दै विरोध गरेका हुन्।
सत्तारुढ दलभित्रै यो निर्णयको विरोध भएको छ। राप्रपाले त आइतबार नै कुनै एक दलको नेतृत्वमा भएको हिंसालाई उत्सवका रुपमा मनाउनु दुर्भाग्य भएको बताएको छ।
यता नेकपा एमालेका सांसदहरुले पनि सार्वजनिक बिदा दिने निर्णय शासकीय अख्तियारको दुरुपयोगका रुपमा टिप्पणी गरेका छन्।