राजनीति

किन गएनन् थापा शपथ ग्रहण समारोहमा

१९ मंसिर २०७८, आईतवार १७:०७
किन गएनन् थापा शपथ ग्रहण समारोहमा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा  निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले  शपथ लिएका छन् ।

अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

आइताबार बिहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । थापा आफु पराजित भए पछि शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

अध्यक्षमा पराजित भएपछि थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ । थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको सामाजिक सञ्जालमार्फत पुष्टी नै गरेर लेखिदिए– ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु, बधाई छ ज्ञानेन्द्र शाह र धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु ।’

आज भएको प्रज्ञा भवनमा आयोजित शपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी कार्यक्रममा उपस्थित छन् ।

शपथ ग्रहण समारोहमा सबै नजर थापा तिर थियो । उक्त समारोहमा थापा किन उपस्थित भएन्  ।  के थापाल लिङ्देनलाई नेता मानेनन् त ? कि आफ्नो पराजित सुइ कारें त ?

प्रतिक्रिया दिनुहोस्