समाचार

हावाहुरी मच्चिएपछि लुम्बिनीका मन्त्रीहरूको शपथग्रहण भद्रगोल

२९ माघ २०७९, आईतवार १०:१३
हावाहुरी मच्चिएपछि लुम्बिनीका मन्त्रीहरूको शपथग्रहण भद्रगोल

२९ माघ, काठमाडौं । लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउन तम्तयार पारिएको मञ्च हावाहुरीले उडाइदिएपछि दिउँदो १ बजे तय गरिएको कार्यक्रममा ढिलाइ भएको छ।

सोमबार लुम्बिनी प्रदेशका नयाँ मन्त्रीको आसनका लागि तयार हुँदै गरेको मञ्चमा अकस्मात जोडले हावाहुरी आएर टेन्ट भत्काइदिएपछि सपथ हुन नसकेको हो।

प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका जोखबहादुर महरा र इन्द्रजित थारु, एमालेका विष्णुप्रसाद पन्थी,  दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राप्रपाका जानकीप्रसाद यादव र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सपथ गराउने कार्यतालिका छ। सपथ लिन लागेका सबै नवनियुक्त मन्त्री हुन्।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर, हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो।

प्रदेशमुकाम दाङस्थित प्रदेशसभा भवनअगाडि सपथका लागि मञ्च तयार गरिँदै थियो। तर हावाहुरीले टेन्ट भत्काउनुका साथै प्लास्टिकका कुर्सी उडाइदिएपछि दिउँसो १ बजेका लागि तय भएको सपथमा ढिलाइ प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्