समाचार

राती सुतिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१९ मंसिर २०७८, आईतवार १६:५७
राती सुतिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१९ मङ्सिर, दैलेख । दैलेखमा शुक्रबार राती सुतिरहेकी युवतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

दैलेखको नारायण नगरपालिका ६ घर भएकी २० वर्षीया युवतीमाथि घरभित्रै पसेर जबर्जस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गर्ने सोहि नगरपालिका राहुल सार्की आइतबार प्रहरीेले पक्राउ गरेको छ । मध्यरातमा घरभित्र पसे युवतीको ट्रयाक खोलेर जबर्जस्ती बलात्कार गरेका थिए ।

पीडित पक्षले प्रहरीलाई फोन गरेर उजुरी दिएका थिए । सहि उजुरीको आधारमा खटिएको प्रहरी टोलीले राहुललाई पक्राउ गरि अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्