समाचार

सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का दिइयो: माधव नेपाल

२८ माघ २०७९, शनिबार ०८:२२
सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का दिइयो: माधव नेपाल

२८ माघ, दाङ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका छन् ।

पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले यो सुरूवात मात्रै भएको बताए।

‘तपाईंहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो। नयाँ सरकारमा अहिले को को छन्? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’ नेपालले भने, ‘यो पार्टीको हालत खत्तम छ, यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो ? कहाँबाट देखापर्‍यो त्यहाँ?’

नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए । तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको नेपालले बताए ।राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।

प्रतिक्रिया दिनुहोस्