समाचार

विदेशी अधिकारीसँग विकास आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्र पौड्याल

२७ माघ २०७९, शुक्रबार १४:३७
विदेशी अधिकारीसँग विकास आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्र पौड्याल

२७ माघ, काठमाडौँ। परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कुटनीतिमा छलफल गरेको बताएकी छन् ।

शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकपछि संसद्‍ भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कुटनीतिको कुरा भएको बताएकी हुन् ।

मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।  उनले आफूहरुले मित्रराष्ट्रहरुलाई विकास साझेदार ठानेको बताइन् । विकास र कुटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।

उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् । मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।

उनले आफूहरूले मित्रराष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन् । विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्