२७ माघ, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको पनि बताए। उनले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरे।
‘सामाजिक सेवामा काम गरेको, राम्रो मान्छे, राष्ट्रको निम्ति प्रतिवद्ध हुने व्यक्ति हुनुपर्यो। सहमतिको लागि छलफल चलिरहेको छ। कस्तो पात्र उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ यसको आधारमा छलफल हुन्छ र निष्कर्षमा पुग्छ। सहमतिका लागि सर्वपक्षीय छलफल चलिरहेको छ।’