समाचार

प्रचण्डको प्रस्ट संकेत- दल विशेषको राष्ट्रपति हुँदा दु:ख पाएँ, यसपटक साझा व्यक्ति !

२७ माघ २०७९, शुक्रबार १२:४१
प्रचण्डको प्रस्ट संकेत- दल विशेषको राष्ट्रपति हुँदा दु:ख पाएँ, यसपटक साझा व्यक्ति !

२७ माघ, काठमाडौँ। २६ पुसमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि गठबन्धन दलबीच १० पुसमा भएको भागबन्डाको सहमति प्रभावित हुने देखिएको छ ।

गणतन्त्र र राष्ट्रपति आफ्नै एजेन्डा भए पनि राष्ट्रपतिकै कारण आफूले पटक–पटक सास्ती व्यहोर्नुपरेको संकेत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफू धेरै सोचविचार गरेर मात्र अगाडि बढ्ने मनस्थितिमा रहेको प्रस्ट पारेका छन् ।

भावी राष्ट्रपति सबैलाई मान्य हुने खालको साझा व्यक्ति चाहिने भन्दै त्यसका लागि माहोल बनाउन उनले पार्टी पंक्तिलाई अपिल गरेका हुन् ।

माओवादी केन्द्रीय कमिटीको बिहीवारको भर्चुअल बैठकमा प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

पछिल्लो समय राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाउँदै आएका प्रचण्डले दलका नेतालाई फेरि यो पदमा ल्याउँदाको जोखिमबारे लामो व्याख्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्