खेलकुद

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

२६ माघ २०७९, बिहीबार १५:१४
साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

२५ माघ, काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।​

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथि इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको विजेता बन्न सफल भयो ।

 भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्