२५ माघ, काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले बिहीबार संसदमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यस उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसका १९ सांसद छन्।
यअसघि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। नेकपा (एमाले) संसदीय दलका नेता रावलले नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए। अहिले नागरिक उन्मुक्तिले मत नदिएपछि विश्वासको मत पाउन सकेनन्।
नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यले समर्थन गरेका थिए।
५३ सदस्यीय प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सदस्य छन्। मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास सिद्ध गर्न २७ मत आवश्यक पर्छ।