समाचार

रडले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

१९ मंसिर २०७८, आईतवार १६:१२
रडले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

१९ मङ्सिर,  नेपालगञ्ज । बाँकेमा रडले प्रहार गरेर श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ७ रजगडवाकी २५ वर्षीया ओरबी हरिजनले ३० वर्षीय श्रीमान् लक्ष्मण हरिजनको हत्या गरेकी हुन्।

श्रीमान् र श्रीमतीको सधैँ झगडा भइरहन्थ्यो। सधैँ श्रीमान्‌ले मदिरा खाएर पिट्ने रहेछ। शनिबार राति पनि श्रीमान् मदिरा पिएर आए। ओरबीले रिसको झोकमा रडले श्रीमान्‌को टाउकोमा प्रहार गरेकी छन् ।

रडले लगातार टाउकोमा हान्दा श्रीमान् बेहोस भएछन्। अस्पतालमा लगेर उपचार गर्ने क्रममा आइतबार बिहान ६ बजेतिर मृत्यु भयो इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालजे जनाएको छन्

प्रतिक्रिया दिनुहोस्