राजनीति

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैनः सामन्था पावर

२५ माघ २०७९, बुधबार १५:१७
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैनः सामन्था पावर

२५ माघ, काठमाडौँ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् ।

बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताइन् ।

नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको उनको दाबी छ । नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत उनले आग्रह गरिन् ।

‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला,’ पावरले भनिन् ।

अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पावरको भनाइ छ । नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको उनले बताइन् ।

उनको भनाइ छ– ‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला । हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो ।’

प्रमुख सामन्थले सञ्चारकर्मीहरुले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’ मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो ? भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गर्नु भएका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको बताइन् । उनले उक्त सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्