२५ माघ, काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरि माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको जनाएको हो।
संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले बुधबार विज्ञप्ति जारी गरी माघ २६ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।