समाचार

सरकारी बिदा धेरै भए : प्रधानमन्त्री प्रचण्ड

२४ माघ २०७९, मंगलवार १०:५४
सरकारी बिदा धेरै भए : प्रधानमन्त्री प्रचण्ड

२४ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ प्रचण्डको भनाईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको प्रेसनोटमा उल्लेख गरिएको छ।

उनले मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी विदामा पुनर्विचार गर्नुपर्नेसमेत बताएका छन् । दाहालले सरकारी विदाले गर्दा जनताको काम गर्ने समय नै कम भएको बताउँदै यसमा मन्त्रिपरिषदले छलफल गरीरहेको जानकारी दिए ।

‘सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ,’ उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्