समाचार

बालिका अपहरण तथा हत्याका दोषी साहलाई जन्मकैदको फैसला

२४ माघ २०७९, मंगलवार १०:५०
बालिका अपहरण तथा हत्याका दोषी साहलाई जन्मकैदको फैसला

२४ माघ, काठमाडौँ। महोत्तरी जिल्ला अदालतले एक बालिकाको हत्या अभियोग लागेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालत बालिका हत्यामा दोषी ठहर भएका महोत्तरीले बर्दिबास– १४ सुगमबस्तीमै घर रहेका अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो।

फैसलामा उनलाई आजीवन काराबासमा राख्न भनिएको छ। अदालतले पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिएको छ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा साहलाई आजीवन कारावासको सजाय सुनाएको हो। साथै पीडित परिवारलाई एक लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला भएको छ।

विसं २०७७ मङ्सिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरि घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरेर बोरामा राखेर फालिदिएका थिए। बालिकाको शव मङ्सिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो।

पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्