नेपाली चलचित्र

पललाई १५ दिनभित्र हाजिर हुन उच्च अदालतको आदेश

२३ माघ २०७९, सोमबार १३:१६
पललाई १५ दिनभित्र हाजिर हुन उच्च अदालतको आदेश

२३ माघ, पोखरा । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको छ।

सुरु जिल्ला अदालतको फैसलामा वादी र प्रतिवादी दुवै पक्षबाट परेको दोहोरो पुनरावेदनमा सोमबार उच्च अदालतले प्रत्यार्थीहरुलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो ।

अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज राजभण्डारीको संयुक्त इजलासले छलफलका लागि दुवैलाई सुनाउने, प्रत्यार्थी झिकाउने गरी आदेश दिएको हो । त्यसको लागि दुवै पक्षलाई १५ दिनभित्र हाजिर हुनु भनी म्याद जान्छ । सो अवधिभित्र हाजिर भइसकेपछि पेसी चढ्ने व्यवस्था छ ।

त्यसको लागि दुवै पक्षलाई १५ दिनभित्र हाजिर हुनु भनी म्याद जान्छ। सो अवधिभित्र हाजिर भइसकेपछि पेसी चढ्ने व्यवस्था छ। एक नाबालिग गायिकामाथि बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरमा पलविरुद्ध गत वर्ष मुद्दा दायर भएको थियो।

सो मुद्दामा नवलपुर अदालतले गत २१ भदौमा बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुराचार अभियोगमा साढे २ वर्ष कैद, २५ हजार जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको थियो।

उता, जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको थियो। सरकारीतर्फबाट अभियोगपत्र अनुसार नै अधिकतम् १४ वर्षको जेल सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन भएको थियो।

जिल्ला अदालत तनहुँले भने पललाई ३ माघमा बलात्कार मुद्दामा सफाइ दिइसकेको छ। जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो। गएको ९ महिनादेखि पल तनहुँ कारागारमा जेलजीवन बिताइरहेका छन्।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नाबालिगले पलविरुद्ध ११ फागुन, २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्