२३ माघ, काठमाडौँ। प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजीनामा बुझाएका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
पार्टीको निर्णयअनुसार आइतबार रास्वपाका मन्त्रीहरूले बालुवाटारमा पुगेर प्रचण्डलाई राजीनामा बुझाएका थिए । राजीनामा दिनेमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा रहेका छन् ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामामा पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ। रास्वपाले आइतबार नै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।
नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले नागरिकता प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि पाएनन्।
उसले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लगेको छैन । नागरिकता विवादमा दोषी ठहरिएका रवि लामिछानेले पार्टीको सभापति, सांसद र उप्रधान तथा गृहमन्त्री पदबाट हट्नु परेको थियो ।