राजनीति

वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता

१९ मंसिर २०७८, आईतवार १५:३५
वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता

मंसिर १९ काठमाडौं । नेपाली कांग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँले अग्रता लिएका छन् ।

वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मतगणना जारी छ। पछिल्लो एक हजार मत गन्दा संस्थापन पक्षका उम्मेद्वार इन्द्र बानियाँले ५२६ मत पाएका छन्।

यस्तै, संस्थापन इतरका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ४७० मत पाएका छन्। प्रारम्भिक अग्रता लिएका केसीलाई बानियाँले पछि पारेका हुन्। गणनामा १ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्