२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल सुरु भएको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।