समाचार

बालुवाटारमा नेत्रविक्रम र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२२ माघ २०७९, आईतवार १५:०६
बालुवाटारमा नेत्रविक्रम र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२२ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

उनीहरूबीच आज साँझ भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।

भेटमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सहभागी थिए। नेकपाले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति पालना गर्न र जेलमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्