समाचार

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन

२२ माघ २०७९, आईतवार ०४:०२
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नेपाल प्रथम गभर्नर  हिमालय शमशेर राणाको निधन भएको छ । नेपालकै नेपालकै प्रथम अर्थ सचिवसमेत बनेका राणाको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जबरालाई पार्किन्सन्सको समस्या थियो र युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरिएको थियो। १४ वर्षमै मेट्रिक पास गरेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।

अनि सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर अध्यक्ष भए । साबिक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस्